काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलबीच छलफल भएको छ ।
छलफलमा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउने विषयमा कुराकानी भएको स्रोतले बतायो । मेयर उपमेयरको छलफलमा अबदेखि मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।
- ADVERTISEMENT -

वडाध्यक्षहरू सहितको बैठक करिब ४ घण्टासम्म चलेको बताइएको छ । वडाध्यक्षसँगको छलफलपछि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । यससँगै मेयर र उपमेयरबिच करिब अढाई महिनादेखिको संवादहीनता तोडिएको छ ।
छलफलमा उपमेयर डङ्गोलले कार्यपालिका बैठक र नगरसभा नबोलाएकोमा असन्तुष्टि जनाएकी थिइन् । उपमेयरको असन्तुष्टिमा मेयरले अब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्ने बताएका थिए । मेयर बालेनले छलफललाई निरन्तरता दिने बताएका थिए ।
काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन ।