२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

श्रीमानको हत्या आरोपमा श्रीमती र युवक पक्राउ

प्रकाशित मिति : २०८२ असार १८ गते

काठमाडौं / सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेका थिए । घटनामा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पक्राउ पर्नेमा मृतककी श्रीमती र अर्को एक युवक छन् ।

- ADVERTISEMENT -

Advertisement

घटना शङ्कास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने डिएसपी पासवानले जानकारी दिए । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । शनिबार महराको शव छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा भेटिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -