२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

नेटवर्किङ विजनेशमा ठगी गर्ने आठ जनाविरुद्ध मुद्धा दर्ता

प्रकाशित मिति : २०८२ असार १९ गते
photo : Halkarosamachar

चितवन / नेटवर्किङ बिजनेशका नाममा ठगी गरेको आरोपमा भरतपुर–९ बेणीचोकबाट पक्राउ परेका १४ जनामध्ये आठ जनाविरुद्ध मुद्धा दर्ता भएको छ ।

आठ जनाविरुद्ध ठगीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट छ दिनको म्याद लिइएको उनले बताए । पक्राउ परेका अन्य चार जना भने छुटेका छन् ।

- ADVERTISEMENT -

Advertisement

खनालका अनुसार सिन्धुली दुधौली नगरपालिका–१३ बस्ने भिजिनरी युथ इन्टरप्रेनियर्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालक २७ वर्षीय धनबहादुर खत्री, दुधौली–१४ बस्ने २१ वर्षीय मिलन खत्री, उदयपुर कटारी नगरपालिका–२ बस्ने २८ वर्षीय लक्ष्मण बास्तोला, कटारी–७ बस्ने २० वर्षीय गणेश कार्की, कटारी–१२ बस्ने २२ वर्षीय दिपेश भन्ने मोहनबहादुर थापा, त्रियुगा नगरपालिका–४ बस्ने ४० वर्षीय रामबहादुर दियाली, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–१ बस्ने २५ वर्षीय श्याम दियाली र बारा कोल्वी नगरपालिका–९ बस्ने २१ वर्षीय पूर्णीमा चौधरीविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

तीन जना पिडितको उजुरीको आधारमा बेणीचोकस्थित भिजिनरी युथका सञ्चालक धनबहादुर खत्रीसहितलाई प्रहरी निरीक्षक दीपक रिजालको कमाण्डमा खटिएको टोलीले मंगलबार पक्राउ गरेको थियो । ठगीका आरोपितहरुले बाहिर भिजिनरी युथको साइन बोर्ड राखेर भित्र ग्लोबल ओरियन्स नेपाल र ग्लोबल लिभिङ अर्गनाइजेशनको नामबाट ठगी गर्ने गरेको खुलेको छ ।

- ADVERTISEMENT -

Advertisement

फुड सप्लिमेन्टको नेटवर्किङ विजनेशका नाममा एक जनाबाट ४५ हजारदेखि दुई लाख ६५ हजार रुपैयाँसम्म ठगी गरिएको पीडितको गुनासो छ ।

रौतहट लगायत देशका विभिन्न जिल्लाबाट युवायुवतीहरुलाई राम्रो कमाई र सेवा सुविधा हुने प्रलोभन देखाएर ल्याउने गरिएको पिडितले बताएका छन् । उनीहरुका अनुसार राम्रो कमाई हुन्छ । हप्ता–हप्तामा तलब आउँछ । खान बस्नको व्यवस्था छ । मोटरसाइकल र स्कुटर पनि कम्पनीले नै दिन्छ भनि प्रलोभन देखाएर ल्याइएको थियो । यहाँ ल्याइसकेपछि फुड सप्लिमेन्टहरु किन्न लगाइयो ।

आफुले किनेको फुड सप्लिमेन्ट जति धेरै बेच्न सक्यो त्यति धेरै स्टारहरु प्राप्त गर्न सकिने र नौ वटासम्म स्टार पाउनेले राम्रो कमाई गर्न सकिने आश्वासन दिइएको थियो । तलब दिनुको साटो लाखौँ लाखको फुड सप्लिमेन्टहरु किन्न लगाइएको पीडितको गुनासो छ । आफु ठगिएको थाहा पाएपछि कतिपय युवायुवतीहरु पैसाको आश मारेर घर फर्किएको पनि पाइएको छ ।

नेटवर्किङ विजनेशको नाममा ठगी गर्नेहरु समातिएपछि धेरै पिडितहरु हाम्रो सम्पर्कमा आएका छन् । एक जनाबाट सात लाख रुपैयाँसम्म ठगी गरिएको पीडितहरु बताउँछन् । भरतपुरको हाकिमचोक र बसपार्क क्षेत्रमा पनि ठगीको गतिविधिहरु भइरहेको उनीहरुले सूचना दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73