२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुरुपूर्णिमा आज, गुरुको सम्मान गरी मनाइँदै

प्रकाशित मिति : २०८२ असार २६ गते

काठमाडौं / आज आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।

ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।

- ADVERTISEMENT -

Advertisement

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ । ​मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ ।

‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’ एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने ऊ पशुभन्दा पनि नीच हुने चाणक्यले बताएका छन् ।

गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि(महर्षिहरूलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मान्छन् ।

कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन् । बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन् । तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ । लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ ।

श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ ।

दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन् ।

१८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि बिहीबार मनाइँदैछ । बिहीबार ५१ घडी ४२ पला अर्थात राति १ बजेर ५७ मिनेटसम्म पूर्णिमा तिथि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89