२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युट्युब ट्रेन्डिङमा ‘जनै हराएको मान्छे’ व्यग्र प्रतीक्षामा दर्शक

प्रकाशित मिति : २०८२ श्रावण ४ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को आधिकारिक टिजर ट्रेन्डिङ पुगेको छ । सार्वजनिक भएको केही दिनमै टिजरले दर्शकको मन जित्दै युट्युबको चलचित्र ट्रेन्डिङको चौथो स्थानमा आफूलाई उभ्याउन सफल भएको हो ।

मंगलबार सार्वजनिक भएको टिजरले यो समाचार तयार पार्दासम्म १३ लाख ५ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले चलचित्रप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ । टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।

टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगरका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88