२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले पुनरागमनमा भण्डारीलाई ओलीको ‘रेडलाइट’

प्रकाशित मिति : २०८२ श्रावण ७ गते

काठमाडौं / नेकपा (एमाले) भित्र लामो समयदेखि चलेको बहस र आशंकामाथि पूर्णविराम लगाउँदै मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि राजनीतिको ढोका बन्द गरिदिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा एमालेले राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति पुनः दलको राजनीतिमा फर्कन नहुने भन्दै भण्डारीको पुनरागमनमा ‘रेड लाइट’ बालेको हो ।

यो निर्णयलाई पार्टीले ‘सर्वसम्मत’ भनेर प्रचार गरे पनि बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले लिखित रूपमै फरक मत राखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले गणतन्त्र र स्वयं राष्ट्रपतिको पदको गरिमा घटाउने तर्क प्रस्तुत गरेका थिए । उनले भने, ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक र सबैको साझा अभिभावक हो । यस्तो व्यक्तित्व दलको कार्यकर्ता वा नेता बन्दा राम्रो सन्देश जाँदैन । हामीले उहाँलाई दिएको सम्मान कायम राख्नुपर्छ ।’

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय कमिटीले यही भावनालाई आत्मसात् गर्दै भण्डारीलाई पार्टीमा नफर्की पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावकको भूमिकामा रहन आग्रह गर्ने निर्णय गरेको छ । यो निर्णयले एमालेभित्र ठूलो राजनीतिक तरंग पैदा गरेको छ ।

बैठकभित्रको रस्साकस्सी र असहमति
ओलीले प्रस्ताव पेस गर्नेबित्तिकै बैठकमा नाटकीय मोड आएको थियो । उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्काल प्रतिवाद गर्दै यति संवेदनशील विषयमा केन्द्रीय कमिटीले हतारमा निर्णय गर्दा पार्टीलाई दीर्घकालीन असर पर्ने चेतावनी दिए । ‘यस्तो निर्णय नगरौं, यसले पार्टीको हित गर्दैन। बरु अध्यक्ष आफैंले उहाँ ९भण्डारी० सँग छलफल गर्नुहोस्,’ पाण्डेले आफ्नो फरक मतमा भने, ‘उहाँलाई रोक्ने नै हो भने पनि सरसल्लाहमै गरौं ।’

त्यसैगरी, अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि अहिले नै निर्णय गर्न हतार भएको भन्दै सचिवालयबाट टुंग्याउन सकिने विकल्प सुझाएका थिए । स्थायी कमिटी सदस्य कर्ण थापाले त ओलीले प्रस्ताव राख्नुअघि नै बोल्न खोज्दा अध्यक्षबाट रोकिएका थिए । निर्णय सुनाइएपछि लिखित मत राख्छु भन्दाभन्दै बैठक समापन गरिएपछि भण्डारी पक्षले बैठकमा होहल्ला भएको दाबी गरेको छ ।

भण्डारीको आत्मविश्वास
जतिबेला च्यासलमा केन्द्रीय कमिटी बैठक भण्डारीविरुद्ध कठोर निर्णय लिँदै थियो, त्यही समय उनी आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग भन्दै थिइन्, ‘केन्द्रीय कमिटीबाट कठोर निर्णयको समाचार तपाईंहरूले लेख्नुपर्दैन ।’

उनले आफू सक्रिय राजनीतिमा अघि बढिसकेकाले पछि नहट्ने दृढता व्यक्त गरेकी थिइन् । आफूले छैठौं महाधिवेशनदेखि नै ओलीलाई साथ दिएको, तत्कालीन महासचिव माधवकुमार नेपाल समूहबाट अलग्याएर ‘जनताको बहुदलीय जनवाद’ को नेताका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै भण्डारीले ओली अहिले आफैंले उठाएका मान्यताबाट पछि हटेको गुनासो गरिन् । ‘म २०७१ सालमै नेताहरूको आँखाको कसिङ्गर बनिसकेकी थिएँ,’ उनले भनिन्, ‘अहिले सदस्यता त्यागको कुरा गरिँदैछ, यसमा सत्यता छैन । म पार्टी निर्णयबाटै राष्ट्रपति भएकी हुँ ।’

ढोकैमा रोकिएको पुनरागमन यात्रा
२०३७ सालमा पार्टी सदस्यता लिएकी र आठौं तथा नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएकी भण्डारीले आफूलाई भावी अध्यक्षको रूपमा हेरिएको समेत बताएकी थिइन् । राष्ट्रपति हुँदा रोकिएको सदस्यता २०८० सालमै नवीकरण गरेर सक्रिय भएको बताउने भण्डारी अन्ततः आफूलाई राजनीतिको शिखरमा पुर्‍याउन साथ दिएका सहकर्मीकै निर्णयबाट रोकिएकी छन् ।

आफू राजनीतिमा दह्रो खुट्टा टेकिसकेको दाबी गरेकी भण्डारी एमालेको ढोकैमा रोकिएपछि अब उनको भावी कदम के हुनेछ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । भण्डारी पक्षले भने छलफलपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45