२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा हुने

प्रकाशित मिति : २०८२ श्रावण १३ गते

चितवन / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि इन्टरकलेज फुटसल प्रतियोगिता गरिने भएको छ । २२औँ वार्षिकोत्सवको अवसरमा यही साउन १५ र १६ गते ‘एक्सपर्ट फुटसल फेस्टा सिजन ३ गर्न लागिएको हो ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् । जसका लागि साउन १३ गतेसम्म आवेदन दिनुपर्ने प्रतियोगिताका संयोजक एवं चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार सुरुमै आवेदन दिने ३२ विद्यालयले सहभागिता जनाउन पाउने छन् । यसपटक प्रतियोगिता भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा हुनेछ । यो प्रतियोगिता नकआउटका आधारमा गरिने संयोजक ढकालले बताए । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभको फेसबुक र युट्युबाट हुनेछ ।

यसपटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको छ । विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

सेमीफाइनल पुग्ने दुई टिमलाई ५÷५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ प्लेयर अफ दि टुर्नामेन्ट, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरको पुरस्कार प्रदान गरिनेछ ।

एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ । वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यसवर्ष पनि फुटसलसंगै मुख्य कार्यक्रम शैक्षिक पत्रकारिता पुरस्कार वितरण, एउटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, देवघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुलाई खाना खुवाउनेलगायतका विविध कार्यक्रम आयोजना गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91