चितवन / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको २२औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ सुरु भएको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर–३, बाह्रघरेस्थित क्यासी स्पार्टस्मा सुरु भएको प्रतियोगिताको प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले समुद्घाटन गरेका हुन ।
- ADVERTISEMENT -

प्रतियोगिताको पहिलो दिन बिहीबार १९ वटा खेल सम्पन्न भएका छन् । दुई वटा फुटसल कोर्टमा एकैपटक भएका खेलबाट ४ टिम सेमीफाइनलमा प्रवेश गरेका छन् ।
आज (शुक्रबार) हुने पहिलो सेमीफाइनलमा प्रेसिडेन्सी कलेज र होली भिजन पब्लिक स्कुलबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
- ADVERTISEMENT -

उनका अनुसार दोस्रो सेमीफाइनलमा नारायणी पब्लिक स्कुल र वाल्मीकि शिक्षा सदनबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ । सेमीफाइनल पुग्ने दुई टिमलाई ५÷५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विधागततर्फ प्लेयर अफ दि टुर्नामेन्ट, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरको पुरस्कार प्रदान गरिनेछ ।
उद्घाटन समारोहमा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल (नरहरि), कार्यक्रम संयोजक रामहरि ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त दिएका थिए ।
चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेको अध्यक्षतामा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गरेका थिए ।
एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ । सोही कार्यक्रममा यस प्रतियोगिताको विजेताहरुलाई पुरस्कार प्रदान गरिने छ । वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
यसवर्ष पनि फुटसलसंगै मुख्य कार्यक्रम शैक्षिक पत्रकारिता पुरस्कार वितरण, एउटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, देवघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुलाई खाना खुवाउनेलगायतका विविध कार्यक्रम आयोजना गर्दैछ ।
















































