चितवन / भरतपुरस्थित आरम्भ कलेजको इन्ट्रा कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम भएको छ । कलेजले शुक्रबार कलेज परिषरमा आयोजना गरेको उक्त प्रतियोगितामा फष्ट रनरअपमा फ्लेम्बी फोर्स, सेकेण्ड रनरअपमा रेलिङ रवलर्स र ससर स्क्याड समुहले थर्ड रनरअप जितेका हुन् ।
ब्याटल अफ क्युजिन नाम राखिएको प्रतियोगितामा ८ वटा टीममा ३२ जनाले विद्यार्थीले भाग लिएका कलेजका प्राचार्य सुरज शिवाकोटीले जानकारी दिए । सो अवसरमा सहभागी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
- ADVERTISEMENT -

प्रतियोगितामा सहभागी समुहहरुले पश्चिमी शैलीका विभिन्न परिकार प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा समूहगत कार्य क्षमताको आधारमा समुहको मूल्यांकन गरिएको उनले बताए । मुल्यांकन कर्तामा कसरा रिसोर्ट प्रमुख सेफ थानेश्वर भण्डारी र ल्याण्डमार्क नारायणगढका सेफ हेतईकर रहेका थिए ।
बिएचएमका विद्यार्थीहरुलाई प्रोत्साहन दिन र व्यवसायिक रुपमा तयारी गर्ने उद्देश्यसहित इन्ट्रा कलेज कुलीनरी आर्टस प्रतियोगिता राखिएको बिएचएम विभाग प्रमुख दिपेन्द्र सुबेदीले जानकारी दिए ।


















































