२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका साजन अधिकारी छानिए ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा

प्रकाशित मिति : २०८२ श्रावण २७ गते

चितवन / अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउन गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन हिरो’को २०२५ को ११औँ संस्करणमा ‘२० वर्षमुनिका २० जना’मा चितवनका युवा अभियन्ता साजन अधिकारी चयन भएका छन् ।

किशोर–किशोरीहरूलाई सुखसयलको भोगभन्दा माथि उठेर उद्यमशील सोच राख्न र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिने उक्त मञ्चमा सूचना प्रविधिमार्फत दिगो विकासको लक्ष्य प्राप्तिका लागि विविध क्रियाकलाप सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१४ का अधिकारी यसपटक चितवनबाट छनोट भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

११औँ संस्करणमा प्रतिस्पर्धा गर्न देशभरबाट आवेदन दिएका ७ सय ८६ जनामध्ये उनी २० जनाभित्र पर्न सफल भएका हुन् । आवेदकहरूले समाजमा पुर्‍याएको योगदानको समीक्षापश्चात ती २० जना छनोट भएका हुन् । आयोजकले आवेदकहरूबाट पेस भई दाबी गरिएका तथ्यउपर विस्तृत समीक्षा गरी अन्तिम २० जनाको नाम सार्वजनिक गरेको हो ।

प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षणसम्बन्धी क्रियाकलाप, कला क्षेत्र र स्वास्थ्य सचेतनासम्बन्धी अभियान सञ्चालन गरेका देशभरका आवेदकहरूबाट छानिएका २० जना मध्येका साजन अधिकारी विशेषतः सूचना प्रविधिमार्फत देश तथा विदेशमा सचेतता फैलाउन प्रयासरत किशोर हुन् । उनले सञ्चालन गरेको ‘इनिसिएसन लक्ष्य’ले नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, जाम्बियालगायतका देशमा साइबर सुरक्षाबारे दिगो विकास लक्ष्यको अभियान सञ्चालन गरिरहेको छ । आयोजकले यी २० जना मध्येबाट छ जना चुन्नेछ । फाइनलका लागि चुनिएका छ जनाबीच स्पर्धा हुनेछ ।

चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीबाट भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण उनले विश्वप्रसिद्ध ‘टेड’अन्तगर्त ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ इभेन्टको मुख्य आयोजककर्ता भई ‘लाइसेन्सी’को भूमिका निर्वाह गरेका थिए । उक्त इभेन्टमा सात जना वक्ताले ‘टेडएक्स टक’ गरेका थिए । काठमाडौँ उपत्यकाबाहिर विद्यालयस्तरमा नेपालमै पहिलोपटक आयोजित उक्त इभेन्टका सातवटै भिडियो ‘टेडएक्स’ मा अपलोड हुन सफल उनले बताए ।

अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा विशेष दख्खल राख्ने उनी विद्यार्थी गुणीय चक्र (एसक्युसी) चितवन हवका सचिवसमेत हुन् । विद्युतीय साक्षरता, युवा सशक्तीकरण र शिक्षाको सहज पहुँचका लागि क्रियाशील उनी नेपाल स्काउटको रोभर तथा स्क्र्याबलको मेन्टर पनि हुन् । उनले विश्वकै सबैभन्दा धेरै विद्यार्थी भएको सिटी मन्टेश्वरी स्कुल लखनउबाट ‘कोफास’मा कम्युटर भाइरससम्बन्धी सचेतना फैलाउने गेम निर्माण गरी दोस्रो स्थान हासिल गरेका थिए ।

युवाहरूलाई डिजिटलरूपमा सक्षम, मानसिकरुपमा सुदृढ र सामाजिकरूपमा जिम्मेवार बनाउन अनवरत प्रयास गरिरहहेका अधिकारी विश्वप्रसिद्ध ‘कोर्ष प्रोभाइडर’ ‘कोर्सेरा’ले ‘रिकोग्नाइज’ गरेका हालसम्म नेपालका एक जना मात्र व्यक्ति हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45