२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ओलीको एकमात्र प्रतिस्पर्धी विद्या, आन्तरिक किचलो थप छर्लङ्ग

प्रकाशित मिति : २०८२ भाद्र १२ गते

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न विधान महाधिवेशनका प्रतिनिधिलाई बालुवाटारमा विशेष प्रशिक्षण दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘काउन्टर’ तयारीपछि केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गराएका ओलीले काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई भेला पारेर आफ्ना भित्री कुरा खोलेका हुन् ।

प्रशिक्षणको संयोजन नेता रामेश्वर फुँयालले गरेका थिए । काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले सामाजिक सञ्जालमार्फत ओलीको प्रशिक्षणका ४८ बुँदा सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक किचलो र ओलीको मनसाय थप छर्लङ्ग भएको छ । निरौलाका अनुसार ओलीले पार्टीभित्र विद्या भण्डारीबाहेक आफ्नो कोही प्रतिस्पर्धी नभएको स्पष्ट पारेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विद्या भण्डारीमाथि आक्रोस
प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले केही नेताले विद्या भण्डारीको फोटो राखेर ‘धन्दा’ चलाएको भन्दै आक्रोश व्यक्त गरे । उनले विद्या भण्डारीले ‘च्यासलले सदस्यता खायो’ भने पनि त्यो सत्य नभएको दाबी गरे । ओलीका अनुसार भण्डारीले सदस्यता नवीकरणका लागि पार्टीमा निवेदन नै दिएकी छैनन् ।

विद्या भण्डारीलाई बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा भेट हुँदा भण्डारीले ‘तपाईं सक्नुहुन्न, मलाई सहयोग गर्नुस्’ भनेको ओलीले सुनाए । प्रत्युत्तरमा आफूले ‘तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन’ भन्दै सम्झाएको उनको भनाइ छ । ओलीले विद्या भण्डारीलाई मदन भण्डारीको ‘सेन्टिमेन्ट’ ले अब काम नगर्ने भन्दै चेतावनीसमेत दिएको निरौलाले उल्लेख गरेका छन् ।

ओलीले विद्या भण्डारीले पूर्वराष्ट्रपति भएको व्यक्तिले असोभनीय गतिविधि गर्न नहुने, पार्टीको पक्षमा नबोलेकाहरूलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाउँदा पनि कतिपयले यो नदेखेको जस्ता टिप्पणी गरेको बताइएको छ । मदन भण्डारी फाउन्डेसनले ‘जबज’ बचाउन नसक्ने र विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले ‘बाटो बिराएको’, ‘अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको’ जस्ता कठोर शब्दहरू प्रयोग गरेको समेत निरौलाले उल्लेख गरेका छन् ।

ओलीले आफूले विद्या भण्डारीलाई जति सम्मान अरू कसैले पनि नगरेको तर अहिले आफू उनैबाट अपमानित हुनुपरेको गुनासो पोखे । उनले विद्याबाहेक पार्टीमा आफूलाई चुनौती दिने दम कसैसँग नभएको र विद्याले आफूलाई छाडे सबै मिल्ने धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा वामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ बहुमत आउने दाबी पनि प्रस्तुत गरे । उनले विधान महाधिवेशन एकताको महाधिवेशन हुने र अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि दिएको निरौलाको भनाइ छ ।

प्रशिक्षणका क्रममा ओलीले पार्टीका साथीहरूको आम चाहनाका आधारमा पार्टीमा ७९ वर्षे उमेर हद हटाएको र आफू स्वस्थ रहेको समेत जानकारी गराए । ओलीले विधान महाधिवेशनमा एक दिन दस्तावेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्को दिन समापन हुने पूर्वानुमान गरेका छन् । यस प्रशिक्षणले विधान महाधिवेशनअघि एमालेभित्रको आन्तरिक शक्ति संघर्ष र भावी रणनीतिबारे महत्वपूर्ण संकेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45