२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

देउवा, ओली, प्रचण्डको सम्पत्ति शुद्धीकरण सुरु, विदेश जान रोक

प्रकाशित मिति : २०८२ आश्विन १० गते

काठमाडौं / देशको राजनीतिमा भूकम्प ल्याउने गरी प्रमुख तीन दलका शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ‘जेन–जी’ आन्दोलनका क्रममा देउवा र पूर्वमन्त्री दीपक खड्काको निजी निवासमा भएको तोडफोड र आगजनीपछि ‘अस्वाभाविक’ रूपमा देखिएको नगद रकमलाई लिएर यो छानबिन तीव्र पारिएको हो ।

‘जेन(जी’ आन्दोलनका क्रममा आन्दोलनकारीहरूले देउवा र खड्काको घरबाट पैसा निकालेर जलाएको, उडाएको र लुटेर लगेको भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू व्यापक बनेका थिए । यसले चौतर्फी प्रश्न उठाएका दुई सातापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले गत आइतबार देउवा र खड्काको निवासको स्थलगत अवलोकन गरी क्षतिको मुचुल्का उठाएको थियो । विभागले सामाजिक सञ्जालमा सार्वजनिक भएका ती तस्बिर र भिडियोहरूको ‘फरेन्सिक ल्याब टेस्ट’ का लागि प्रहरीमा पठाएको छ । विभाग स्रोतका अनुसार, ‘परीक्षण भएर आएपछि अनुसन्धान अलि स्पष्ट होला ।’

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको’ बताएकी थिइन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पनि पुगेको थियो । विभागका एक कर्मचारीका अनुसार, दुवै नेताको निवासबाट ‘पैसा भने नभेटिएको’ र टोलीले ‘खरानी मात्र भेटेको’ जनाएको छ । यद्यपि, शीर्ष नेताहरूमाथि अनुसन्धान भने अघि बढाइएको छ ।

‘जेन(जी’ आन्दोलनमा चरम दमन गरेको र भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत आरोपमा शीर्ष नेतामाथि छानबिन भइरहेकाले उनीहरू विदेश भाग्न सक्ने भन्दै राहदानी रोक्का गर्नुपर्नेबारे सरकारभित्र छलफल भइरहेको चर्चा चलेको छ । एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निवर्तमान गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का गर्न लागिएको विषय बाहिरिएको हो ।

‘जेन(जी’ दमनबारे छानबिनका लागि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिसकेको छ भने अर्कातिर प्रमुख दलका शीर्ष नेतामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि प्रारम्भिक छानबिन अघि बढिसकेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठुलासाना जे(सुकै अवस्था हुन्, राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको’ बताएका थिए । उनले ‘राहदानीको सन्दर्भमा पनि के(कसो गर्ने भनेर अनुसन्धान अघि बढेको’ जानकारी दिए । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ‘सुशासनको मामिला र भ्रष्टाचारविरुद्ध यो सरकारले राम्रैसँग खुट्टा टेक्ने’ बताउँदै राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको र कानुनबमोजिम अघि बढ्ने बताएका छन् ।

कसरी अघि बढ्छ अनुसन्धान ?
विभाग स्रोतका अनुसार, नेताका घरमा ठुलो रकम भेटिएको र जलाएकोबारे हालसम्म सञ्चारमाध्यममा आएका फोटो र भिडियोबाहेक कुनै ‘भौतिक प्रमाण’ भेटिएको छैन । ‘अवलोकनमा जाँदा खरानी मात्र भेटिएका छन् । यो खरानीलाई पैसा भनेर स्थापित गर्न कठिन छ,’ विभाग स्रोत भन्छ । यद्यपि, अनुसन्धानमा प्रवेशका लागि फोटो र भिडियो उपयोगी हुन सक्ने विभागका कर्मचारीहरू बताउँछन् ।

पहिले पैसा भेटिएको, जलाएको वा व्यक्तिहरूले लगेको विषयलाई प्रमाणबाट स्थापित गरेको अवस्थामा मात्र बाँकी अनुसन्धान अघि बढाउन सकिने विभागका अधिकारीहरूको भनाइ छ । यसपछि बैंक मौज्दात, सम्पत्ति र कारोबार हेरिने उनीहरूले बताए । ‘अहिले विभाग सूचना विश्लेषण र प्रमाण जुटाउनमा केन्द्रित छ,’ विभागका एक अधिकारीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20