२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पौडी खेल्ने क्रममा एकै घरका दिदीबहिनीको मृत्यु

प्रकाशित मिति : २०८२ आश्विन ११ गते
File Photo.
- ADVERTISEMENT -

काँक्रेविहार / पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -