२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यी राजमार्ग अझै आए सञ्चालनमा

प्रकाशित मिति : २०८२ आश्विन २१ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / मनसुनको सक्रियतासँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ । यसबाट जनजीवन कष्टकर बनेको छ भने यातायात सञ्जालमा गम्भीर अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार, प्रमुख राजमार्ग तथा सडकखण्डहरूमा पहिरो खसेका कारण सवारी आवागमन ठप्प भएको छ ।

काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका(११ स्थित माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा खसेको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । संकटमा परेको अर्को प्रमुख राजमार्ग कोशी राजमार्ग हो । संखुवासभाको मकालु गाउँपालिका(३ एकुवा र भोटखोला गाउँपालिका(४ बरुणमा गएको पहिरोले गर्दा यो राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

- ADVERTISEMENT -

Advertisement

रसुवा जिल्लाको लाइफलाइन मानिने पासाङल्हामु राजमार्ग पनि पहिरोको चपेटामा परेको छ। गोसाईंकुण्ड गाउँपालिका(२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोले सवारी आवागमनमा बाधा पुगेको छ ।

यसका साथै, गत असार २४ गतेको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका(२ रसुवागढीस्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो । यद्यपि, काठमाडौं उपत्यका र यसका नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

मौसममा सुधार आएसँगै अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायहरूले जानकारी दिएका छन् । तर, लगातारको वर्षा र पहिरोको जोखिमका कारण सडक मर्मत कार्यमा चुनौती थपिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -