चितवन / भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति भएको स्कुटर दुर्घटनामा दुई जना युवाको ज्यान गएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई स्कुटर सडकमा पल्टिँदा घटना भएको चितवन प्रहरीले जानकारी दिए ।
राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
- ADVERTISEMENT -

तत्कालै उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि चिकित्सकले राति २ः३५ बजे उनलाई मृत घोषणा गरे । स्कुटर तीव्र गतिमा रहेकाले चालकले नियन्त्रण गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























