२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खेलकुद महोत्सवको अवसरमा विभिन्न विधाका तीन जनालाई सम्मान

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते
Screenshot
- ADVERTISEMENT -

चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले आज (मंगलबार) उनीहरुलाई सम्मान गरेको हो । 

नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको अवसर पारेर उनीहरुलाई जनही ५०-५० हजार रूपैयाँले सम्मान गरिएको हो । तिनै जनालाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्रले सम्मान गरे । हाल वर्ल्ड च्याम्पियनका लागि इजिप्टमा रहेकी एरिका भने भर्चुअल माध्यमबाट जोडिएकी थिईन् । उनले यो सम्मानले हौसला मिलेको बताइन् । 

- ADVERTISEMENT -

Advertisement

धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यस्तै श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले आठौं र नवौं सागमा कराँतेबाट स्वर्ण पदक जितका थिए । 

एरिकाले १९ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। उनको उक्त रजत पदक नै करातेमा नेपाललाइ प्राप्त एसियाली खेलकुद को पहिलो रजत पदक हो । यस्तै उनी डब्लूकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाउने छिन् । उनले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

यसैबीच महोत्सवमा आजबाट एथ्लेटिक्सका खेलहरु सुरु भएको छ । खेलको आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले उद्घाटन गरेका थिए । भलिवल, कराँतेलगायतका खेलहरु यस अघि सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, वुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -