२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भिसाको दुरुपयोग गरी ‘म्यारिज ब्युरो’ सञ्चालन गर्ने चार चिनियाँ पक्राउ

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते
Sketch

काठमाडौं / काठमाडौँमा व्यावसायिक भिसाको दुरुपयोग गरी ‘म्यारिज ब्युरो’ सञ्चालन गरिरहेको आरोपमा चारजना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । सोह्रखुट्टेस्थित मिलीजुली चोकबाट नियन्त्रणमा लिइएका उनीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराउने धन्दा चलाएको विभागले जनाएको छ ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार, पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेका छन् । व्यावसायिक भिसामा नेपाल बसेका उनीहरूले आफूहरूको वास्तविक व्यवसायबारे स्पष्ट जानकारी दिन नसकेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार, यो गिरोहले नेपाली युवतीहरूलाई टिकटक भिडियो बनाउन लगाएर त्यसैमार्फत अन्य चिनियाँ नागरिकहरूसँग सम्पर्क स्थापित गराउने र विवाहको प्रलोभन देखाउने गरेको थियो । निर्देशक ढकालले केही युवतीहरूलाई विवाह गर्ने बहानामा चीन पठाइसकेको पनि अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पक्राउ परेकामध्ये दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसामा नेपालमा बस्दै आएका थिए। गैरकानुनी रूपमा नेपालमा बसोबास गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्न सकिने कानुनी प्रावधान छ । अध्यागमन विभागले यस घटनालाई गम्भीर रूपमा लिई थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94