२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनपीएलमा दुई रोमाञ्चक भिडन्त, चितवनविरुद्ध कर्णाली

प्रकाशित मिति : २०८२ मंसिर २ गते
sketch
- ADVERTISEMENT -

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज (मंगलबार) दुई भिडन्तका साथ अगाडि बढ्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सको सामना गर्दैछ । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेलमा विजयी सुरुवात गर्ने दाउमा छन् ।

दिउँसो ४ बजे सुरु हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्ससँग भिड्दैछ । यो खेल पनि उत्तिकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग ५ विकेटले स्तब्ध भएको थियो । यस हारले जनकपुरलाई आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न थप दबाब सिर्जना गरेको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एनपीएलका सबै खेल त्रिवि मैदानमा सञ्चालन गर्नेछ । दर्शकको सुविधाका लागि दिउँसो र राति गरेर खेलहरू आयोजना गरिएको छ । क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेलहरू समावेश छन् । शनिबारका लागि साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ । लिग चरणका अन्य दिनका लागि टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी, प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ । क्यानले सम्पूर्ण सिजनका खेलहरूका लागि एकमुस्ट १५ हजार रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरेको छ ।

यस संस्करणको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88