२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

टी–२० विश्वकपको ग्लोबल छनोट आजदेखि सुरु

थाइल्यान्डसँग भिड्दै नेपाल
प्रकाशित मिति : २०८२ माघ ४ गते

काठमाडौं / नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा मानिएको ‘आईसीसी महिलाटी–२० विश्वकप ग्लोबल छनोट’ आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यसहित नेपालले आज आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो सुरु हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक विश्वकपको ग्लोबल छनोट खेल्न लागेको हो । गत मे महिनामा थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले यो ऐतिहासिक यात्रा तय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा नेपालसहित कुल १० राष्ट्र सहभागी छन् । जसमा नेपाल, बंगलादेश, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेका छन् । बंगलादेश, जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रका पूर्ण टोली पहिलो पटक नेपाली भूमिमा प्रतिस्पर्धा गर्न आइपुगेका हुन् ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ, जहाँ थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । प्रत्येक समूहबाट शीर्ष ३ टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्सको समाप्तिपछि शीर्ष चारमा रहने टोलीले सन् २०२६ को जुन(जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी(२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालका लागि पहिलो खेल नै अग्निपरीक्षा साबित हुन सक्छ । सन् २०११ पछि नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । थाइल्यान्डको टोली सन् २०२० को विश्वकप खेलिसकेको अनुभवी टोली हो । नेपालका मुख्य प्रशिक्षक हर्शल पाठक यसअघि थाइल्यान्डकै प्रशिक्षक रहेकाले उनको रणनीति नेपालका लागि ‘मास्टरकार्ड’ बन्न सक्ने अपेक्षा गरिएको छ ।

कप्तान इन्दु बर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले यहाँसम्म आइपुग्न निकै मिहिनेत गरेका छौं । ठूला राष्ट्रसँग खेल्न पाउनु हाम्रा लागि गर्वको विषय हो । हामी मैदानमा आफ्नो उत्कृष्ट खेल पस्कनेछौं ।’

नेपालका सबै खेल कीर्तिपुर मैदानमा हुनेछन् । नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बावे र २६ जनवरीमा स्कटल्यान्डसँग खेल्ने तालिका छ । जिम्बावे र स्कटल्यान्डसँग नेपालले पहिलो पटक खेल्न लागेको हो । नेपाल क्रिकेट संघ ९क्यान० ले दर्शकका लागि मैदान प्रवेश निःशुल्क गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20