Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दलहरुको विवादले चुनावी वातावरण धमिलिँदै

ढुंगा हानाहान त कतै झण्डामा आगलागी
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते
file photo.

काठमाडौं / आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा देशका विभिन्न भागमा सुरक्षा चुनौती र राजनीतिक टकरावका घटना बढ्न थालेका छन् । एकातिर चुनावी प्रचारले तीव्रता पाएको छ भने अर्कोतिर दलहरूबीचको विवाद र केही ठाउँमा देखिएका साम्प्रदायिक तनावले निर्वाचनको वातावरण धमिल्याउने संकेत गरेको छ । विशेषगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बीच आरोप(प्रत्यारोप चर्किएको छ भने रौतहट र सुनसरीमा हिंसात्मक झडपका घटना भएका छन् ।

नेकपा एमालेले निर्वाचन स्वच्छ र धाँधलीरहित हुनेमा गम्भीर संशय व्यक्त गरेको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मुलुकमा भय र सन्त्रासको वातावरण सिर्जना भएको बताए । उनले सरकारले पर्याप्त शान्ति सुरक्षा दिन नसकेको दाबी गर्दै रास्वपाले चुनावी हारको डरले अराजकता फैलाएको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

रास्वपाका कार्यकर्ताले विभिन्न ठाउँमा दलका झण्डा जलाउने र नेतृत्वप्रति घृणा फैलाउने कार्य गरेको शाहीको भनाइ छ । उनले भने, ‘आफ्नो पक्षमा नतिजा नआउने देखेपछि रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि हुन्छ ।’ यता रास्वपाले भने यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

उता सुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ । प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुने कार्यक्रमको सिलसिलामा दुई पक्षबीच जम्काभेट हुँदा विवाद सुरु भएको थियो । सो विवाद हात हालाहालमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । तरुण दल र रास्वपाका कार्यकर्ताबीचको यो टकरावले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्न खोज्ने शक्तिहरूसँग सतर्क रहन आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक चुनावी सभामा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै भने, ‘जनताबाट फ्याँकिएका तत्वहरूले चुनाव हुँदैन भन्दै भ्रम छरेका छन् यस्ता कुराको पछि नलागी निर्वाचनमा होमिनुहोस् ।’

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले चुनाव जित्ने सम्भावना नदेखेपछि ध्वंसात्मक बाटो रोजेको आरोप लगाए । उनले भने, ‘नयाँ भनिएकाहरूले अरूको झण्डा जलाउने र बखेडा झिक्ने काम गरिरहेका छन् , यो चुनाव भाँड्ने षड्यन्त्र हो ।’ एमाले महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विध्वंसकारीहरूले समाजलाई गलत दिशामा लैजान खोजेको बताए ।

रौतहटको गौरमा साम्प्रदायिक तनाव
चुनावी माहोल तातिरहेका बेला रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएको छ । गौर नगरपालिका(६ स्थित सवगढामा जन्ती गएका बेला सुरु भएको सामान्य विवादले साम्प्रदायिक झडपको रूप लिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रण बाहिर जान नदिन नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा मुडबलवा गेटदेखि पश्चिममा लालबकैया बाँधसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । सो क्रममा भएको आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवकाअनुसार संवादमार्फत समस्या समाधानको प्रयास भइरहेको छ ।

देशभर सुरक्षा चुनौती थपिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् । बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरूसँगको ब्रिफिङका क्रममा उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिइन् । उनले निर्वाचन बहिष्कार गर्ने र बिथोल्न खोज्ने समूहहरूको पहिचान गरी कडा निगरानी गर्न सुरक्षा संयन्त्रलाई सतर्क गराएकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22