चितवन / भरतपुर महानगरपालिका–१० मा बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–१२ निवासी करिब ४० वर्षीय रमेश पाण्डे घाइते भएका हुन् । उनलाई उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पताल पठाइएको छ ।
- ADVERTISEMENT -

शनिबार दिउँसो करिब २ः५५ बजे लु.प्र.०१–००१ च ३४८९ नम्बरको बलेरोले ना३६प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा संलग्न बलेरो, साथै चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ निवासी २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


















































