२०८३ श्रावण १६, शनिबार
August 1, 2026
२०८३ श्रावण १६, शनिबार
August 1, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चित्रकला प्रशिक्षण कार्यक्रम पाँचौँ वर्षमा, लिटिल फ्लावरकी मान्सी भइन् प्रथम

प्रकाशित मिति : २०८३ श्रावण १५ गते

भरतपुर / लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रद्वारा सञ्चालित निःशुल्क ‘चित्रकला प्रशिक्षण कार्यक्रम’ पाँचौँ वर्ष प्रवेशको अवसरमा विशेष चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नारायणगढ लायन्स क्लब र नारायणी कला मन्दिरले संयुक्त रूपमा गरेका थिए भने लियो क्लब अफ नारायणगढले सहयोग गरेको थियो । कार्यक्रमको संयोजन लायन प्रशान्तकुमार पियाले गरेका थिए ।

प्रतियोगितामा प्रथम स्थान लिटिल फ्लावर स्कुलकी मान्सी श्रेष्ठ, द्वितीय स्थान वेद वेदान्त संस्कृत गुरुकुलका संस्कार गौतम तथा तृतीय स्थान बालकुमारी इङ्ग्लिस स्कुलका आगमन अधिकारीले हासिल गरेको कार्यक्रम संयोजक पियाले जानकारी दिए । त्यसैगरी सनराइज इङ्ग्लिस सेकेण्डरी स्कुलकी काव्य आचार्य र स्मल हेभन मोडल स्कुलका दर्शिल श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको सभापतित्व नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन सुबोध श्रेष्ठ तथा नारायणी कला मन्दिरका सचिव रामशरण सिलवालले संयुक्त रूपमा गरेका थिए भने प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर लायन प्रभाकर पण्डित रहेका थिए ।

विशिष्ट अतिथिहरूमा लायन नबराज सापकोटा, लायन दिनानाथ न्यौपाने, लायन सिद्धार्थलाल चुके, नारायणी कला मन्दिरका पूर्व अध्यक्ष एवं पूर्व डिस्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, रोहितकुमार श्रेष्ठ तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा नारायणी कला मन्दिरका सचिव रामशरण सिलवालले स्वागत मन्तव्य व्यक्त गरे । शुभकामना मन्तव्यका क्रममा लायन सिद्धार्थ लाल चुके, लायन नबराज सापकोटा, प्रभातकुमार जोशी तथा प्रमुख अतिथि लायन प्रभाकर पण्डितले चित्रकलाको माध्यमबाट बालबालिकाको सिर्जनशीलता विकास हुने तथा यस्ता कार्यक्रमले कला संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

यस अवसरमा लायन्स निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रमका प्रशिक्षकहरू बरुणबाबु घिमिरे, प्रमेश कँडेल र सन्तोष श्रेष्ठ तथा शुभचिन्तक मुकेश चौधरीलाई कार्यक्रम संयोजक लायन प्रशान्तकुमार पियाले मायाको चिनो प्रदान गरी सम्मान गरे ।

पुरस्कार वितरण कार्यक्रममा डिस्ट्रिक्ट सेकेण्ड भाइस गभर्नर लायन कमलप्रसाद श्रेष्ठ, लायन सुधा जोशी, लायन राजु पिया तथा लायन सुरेश कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

कार्यक्रममा लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रका संरक्षक लायन शान्तकुमार पियाको पनि विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको धन्यवाद मन्तव्य नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन सुबोध श्रेष्ठले व्यक्त गरे । कार्यक्रम संयोजन नारायणी कला मन्दिरका सुबिर श्रेष्ठ तथा नारायणगढ लायन्स क्लबका लायन प्रशान्तकुमार पियाले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले चित्रकलाप्रति बालबालिकाको बढ्दो आकर्षण र सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.32
152.92
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.89
205.69
Swiss Franc
1
188.46
189.20
Australian Dollar
1
107.16
107.58
Canadian Dollar
1
108.68
109.11
Singapore Dollar
1
118.69
119.16
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.27
37.42
South Korean Won
100
10.60
10.64
Swedish Kroner
1
15.97
16.03
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.03
496.98
Bahrain Dinar
1
403.98
405.57
Omani Rial
1
395.62
397.18