२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेईविरुद्ध खोप अभियान थालौँ

प्रकाशित मिति : २०८३ भाद्र १२ गते
AI

नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) सङ्क्रमणले फेरि एकपटक गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूप लिएको छ । देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने २१ जनाले ज्यान गुमाइसकेका छन् । यी तथ्याङ्कहरू कुनै साधारण आँकडा नभई हाम्रो स्वास्थ्य प्रणाली, पूर्वतयारी र राज्यको जवाफदेहितामाथि उठिरहेका गम्भीर प्रश्नहरू हुन् । परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशत र ज्यान गुमाउनेहरू सबैले जेईविरुद्धको खोप नगलाएको पाइएको छ । जेई केस हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात–सात, सप्तरी र कन्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच–पाँच रहेका छन् । यस तथ्याङ्कले रोगको प्रकोपभन्दा पनि खोप अभियान र जनचेतनाको पहुँचमा देखिएको ठूलो रिक्तता प्रस्ट्याउँछ । पहिले बालबालिकामा सीमित यो रोग अहिले ५० वर्षभन्दा माथिका वयष्क तथा ज्येष्ठ नागरिकहरूमा बढी घातक बन्दै गएको छ । मृत्यु भएकामध्ये अधिकांश ५० वर्ष माथिका हुनुले स्वास्थ्य नीतिमा तत्काल नयाँ र लक्षित रणनीति अपनाउनु पर्ने टड्कारो आवश्यकता देखाएको छ ।

झापा, मोरङ, कैलाली, सप्तरी, कञ्चनपुर, सुनसरी, चितवनलगायतका तराई तथा भित्री मधेसका जिल्लाहरूमा सङ्क्रमणको दर उच्च रहेको छ । मुख्यतया तराई क्षेत्रमा केन्द्रित देखिए तापनि यो रोग अब इलाम, काभ्रे, काठमाडौं र सुर्खेतजस्ता पहाडी जिल्लाहरूमा समेत फैलिसकेको छ । क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोग विशेषगरी धानखेत तथा सुँगुर, बंगुरपालन गरिने क्षेत्र आसपासका बासिन्दाहरूमा बढी देखिएको छ । सङ्क्रमण जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो भाइरस सहजै सर्ने गर्दछ । जेईको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने जोखिम रहने अध्ययनले देखाएको छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने वा झट्का आउने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय नफारी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्ने हुन्छ । स्वास्थ्यसेवा भनेको केवल अस्पतालमा उपचार गर्नु मात्र होइन, नागरिकलाई महामारीबाट जोगाउनु पनि हो । तर, सरकार र सम्बन्धित निकायहरू प्रशासनिक अन्योलतामा अल्झिनु दुःखद पक्ष हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले ढिलाइ नगरी जेई सङ्क्रमणका विरुद्ध ठोस कदम चाल्नुपर्ने देखिन्छ । सङ्क्रमण पुष्टि भएका र उच्च जोखिममा रहेका जिल्लाहरूमा तत्काल जेईविरुद्धको विशेष खोप अभियान व्यापकरूपमा सञ्चालन गर्नैपर्छ । खोप नलगाएका व्यक्तिहरू नै यसको उच्च जोखिममा रहेको दृष्टान्तले वयष्क तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी खोपको दायरा फराकिलो बनाउनु अपरिहार्य भइसकेको छ । यसका साथै, लामखुट्टेको बासस्थान नष्ट गर्ने, सरसफाइमा ध्यान दिने, सुँगुर तथा बङ्गुर पालन क्षेत्रको वैज्ञानिक व्यवस्थापन गर्ने र समुदायस्तरमा प्रभावकारी जनचेतना फैलाउनु पर्छ । सञ्चारमाध्यम, विद्यालय, स्वास्थ्यकर्मी र स्थानीय तहलाई यो अभियानमा सक्रियरूपमा जोड्न सकिए मात्र सङ्क्रमणको शृङ्खलालाई तोड्न सकिन्छ । स्वस्थ नागरिकबिना समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन । तसर्थ, सरकारले स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर तत्काल प्रभावकारी कदम चाल्न सकेन भने रोकथाम गर्न सकिने यो रोगबाट थप नागरिक गुमाउनु राज्यको अक्षम्य असफलता ठहरिने छ । नागरिकको जीवन रक्षाभन्दा ठूलो अरू कुनै पनि विषय हुन सक्दैन, त्यसैले जिम्मेवार निकायले गम्भीर भएर तत्काल कदम चाल्नु जरूरी देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45