Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खाना पकाउने ग्यासको चरम अभाव, उपभोक्तालाई सास्ती

प्रकाशित मिति : २०८३ भाद्र २२ गते
File photo.

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।

भोटेकोशी बाढी अघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारलै ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताएपनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहेका व्यवसायी शङ्करकुमार श्रेष्ठकाअनुसार माग अत्यधिक भएपनि दैनिक करिब १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ ।

उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’

- ADVERTISEMENT -

Advertisement

उनले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिए । ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।

जडिबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिएपनि ग्यास नपाएको गुनासो गरे । सोमवार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको बताए ।

उनले भने, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु । चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’

उपभोक्ताहरूकाअनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन ।

‘संवद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन, डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गरे ।

रसुवामा आएको बाढी अघिदेखि नै सुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र माग अनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक कार्य छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42