Opens in a new tab
२०८३ आश्विन १५, बिहीबार
October 1, 2026
२०८३ आश्विन १५, बिहीबार
October 1, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी, नवीकरणको लागि पत्राचार गर्दा बेवास्ता

प्रकाशित मिति : २०८३ आश्विन १५ गते
AI / newsprabah

झापा / मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।

चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । उनले भने, “यसअघि नै मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि पटकपटक पत्राचार गरिएको भए पनि बेवास्ता गरेकाले कारबाही गर्नुपरेको हो ।”

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला ९ल्याब० र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधि फेला परेपछि जफत गरिएको छ ।

यस्तै, रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएको छ । ती औषधि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “कानुन विपरीत सञ्चालन भएका यी स्वास्थ्य संस्थालाई स्थानीय पालिकाले जरिवाना गराउनेछ र फार्मेसी सञ्चालकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइनेछ ।”

स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार विधिवत् रूपमा दर्ता गरेपछि मात्र सिलबन्दी खोलिने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.04
153.64
European Euro
1
173.88
174.56
UK Pound Sterling
1
203.28
204.07
Swiss Franc
1
183.63
184.35
Australian Dollar
1
106.70
107.12
Canadian Dollar
1
107.93
108.35
Singapore Dollar
1
119.88
120.35
Japanese Yen
10
9.75
9.79
Chinese Yuan
1
22.83
22.92
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.67
41.83
Malaysian Ringgit
1
37.53
37.68
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.34
15.40
Danish Kroner
1
23.26
23.35
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.13
499.07
Bahrain Dinar
1
405.94
407.53
Omani Rial
1
397.51
399.07