Opens in a new tab
२०८३ कार्तिक ३०, आईतवार
November 15, 2026
२०८३ कार्तिक ३०, आईतवार
November 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज विश्व मधुमेह दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते

काठमाडौं / आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।

पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ । मधुमेहबाट बच्न स्वास्थ्य जीवनशैली अपनाउन आवश्यक भएको मधुमेह रोग विशेषज्ञ डा विनय भट्टराईले बताए ।

टाइप १ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप २ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।

उनी भन्छन्, ‘मोटोपन भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43