Opens in a new tab
२०८३ आश्विन १८, आईतवार
October 4, 2026
२०८३ आश्विन १८, आईतवार
October 4, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पत्रकारको निःशुल्क आँखा परीक्षण : १०१ जना लाभान्वित, ३ जनाको शल्यक्रिया गर्नुपर्ने

प्रकाशित मिति : २०८३ आश्विन १८ गते

चितवन / नेपाल पत्रकार महासङ्घ चितवन शाखाले क्रियाशील पत्रकारलाई लक्षित गरी आयोजना गरेको निःशुल्क आँखा शिविरमा १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहयोगमा शनिबार आयोजित शिविरमा महासङ्घ चितवन शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारहरूको आँखा परीक्षण गरिएको हो । शिविरमा आवश्यकताअनुसार चश्मा तथा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले पत्रकारिता पेशामा निरन्तर कम्प्युटर, मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग गर्नुपर्ने भएकाले पत्रकारहरूको आँखाको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताए । उनले विगतका वर्षमा झैँ यस वर्ष पनि भरतपुर आँखा अस्पतालसँग सहकार्य गरी पत्रकारहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको जानकारी दिए ।

अध्यक्ष पराजुलीले पत्रकारहरू आफ्नो स्वास्थ्यप्रति कम ध्यान दिने अवस्थामा रहने भएकाले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले उनीहरूलाई नियमित स्वास्थ्य परीक्षणतर्फ प्रेरित गर्ने बताए ।

शिविरका क्रममा तीन जना पत्रकारको आँखामा शल्यक्रिया आवश्यक रहेको पहिचान भएको छ । उनीहरूको शल्यक्रिया अस्पतालले सहुलियत दरमा गर्ने व्यवस्था मिलाएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । उनका अनुसार पत्रकारहरूको समयअनुकूल हुने गरी शल्यक्रियाको मिति तय गरिनेछ ।

महासङ्घ चितवनले पत्रकारहरूको पेशागत क्षमता विकाससँगै स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.81
154.41
European Euro
1
173.01
173.69
UK Pound Sterling
1
203.18
203.98
Swiss Franc
1
185.69
186.42
Australian Dollar
1
106.72
107.14
Canadian Dollar
1
108.04
108.46
Singapore Dollar
1
120.23
120.69
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.94
23.03
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.20
42.36
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.88
42.04
Malaysian Ringgit
1
37.66
37.80
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.31
15.37
Danish Kroner
1
23.14
23.24
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.46
501.41
Bahrain Dinar
1
407.96
409.55
Omani Rial
1
399.51
401.07