Opens in a new tab
२०८३ कार्तिक ५, बुधबार
October 21, 2026
२०८३ कार्तिक ५, बुधबार
October 21, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रोनाल्डो १ महिना निलम्बनमा

प्रकाशित मिति : २०८३ कार्तिक ४ गते

एजेन्सी / पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ ।

४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बरमा पोर्चुगलको नेसन्स लिग टोली छाडेका थिए । नर्वेविरुद्धको खेलमा बेन्चमा बसेका उनले अक्टोबर १ मा डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती ११ मा नपर्ने थाहा पाएपछि टोली छाडेको विवरणमा उल्लेख छ ।

रोनाल्डोले यसअघि लामो वक्तव्य जारी गर्दै पोर्चुगलका प्रशिक्षक जर्ज जेससले दुई पटक आफ्नो वाचा तोडेको र आफूले उनीप्रतिको विश्वास पूर्ण रूपमा गुमाएको बताएका थिए । उनले आफ्नो गल्तीको जिम्मेवारी लिँदै टोलीका साथी तथा समर्थकसँग माफी माग्नुका साथै सजाय स्वीकार गर्ने बताएका थिए ।

डेनमार्कविरुद्धको खेलकै दिनदेखि निलम्बन लागू हुने भएकाले रोनाल्डोले १९ दिनको सजाय यसअघि नै भुक्तान गरिसकेको विवरणमा उल्लेख छ । त्यसैले बाँकी सजायका कारण उनले पोर्चुगलका आगामी कुनै पनि खेल गुमाउनुपर्ने छैन ।

- ADVERTISEMENT -

Advertisement

पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

एफपीएफको अनुशासन समितिले सजाय निर्धारण गर्दा रोनाल्डोले आफ्नो वक्तव्यमा व्यक्त गरेको पश्चात्ताप, फुटबलमा पुर्‍याएको योगदान र खेल उपलब्धिका लागि प्राप्त सम्मानलाई ध्यानमा राखेको जनाएको छ । समितिका अनुसार रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत विवरण, पुरस्कार तथा उपलब्धि समेटिएको बायोडाटासमेत पेस गरेका थिए ।

पोर्चुगलका प्रशिक्षक जेससले भने रोनाल्डोसँग कुनै सहमति नगरेको बताएका छन् । यद्यपि, उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीमा पुनरागमनको ढोका खुला रहेको संकेत गरेका छन् ।

पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले पोर्चुगिज सञ्चारमाध्यम ‘रेकर्ड’सँग कुरा गर्दै विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने आफ्नो बलियो चाहना रहेको बताएका छन् ।

पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत उनको नाममा रहेको छ । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप र नेसन्स लिगका दुई उपाधि जितेको थियो ।

रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरबको क्लब अल नासरमा आबद्ध भएका थिए । त्यतिबेला उनको वार्षिक पारिश्रमिक १७ करोड ७० लाख पाउन्ड रहेको बताइएको थियो । उनले गत वर्ष क्लबसँग आफ्नो सम्झौता नवीकरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.59
152.19
European Euro
1
169.90
170.57
UK Pound Sterling
1
202.02
202.82
Swiss Franc
1
183.70
184.43
Australian Dollar
1
105.82
106.24
Canadian Dollar
1
107.55
107.98
Singapore Dollar
1
118.46
118.93
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.40
40.56
Qatari Riyal
1
41.59
41.75
Thai Baht
1
4.51
4.53
UAE Dirham
1
41.27
41.43
Malaysian Ringgit
1
37.13
37.28
South Korean Won
100
11.40
11.44
Swedish Kroner
1
15.29
15.35
Danish Kroner
1
22.73
22.82
Hong Kong Dollar
1
19.32
19.39
Kuwaity Dinar
1
492.18
494.12
Bahrain Dinar
1
401.46
403.05
Omani Rial
1
393.74
395.29