Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एशियन गेम्सः वर्षाले खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

प्रकाशित मिति : २०८३ आश्विन १० गते

काठमाडौँ / जापानमा जारी २०औं एशियन गेम्स पुरुष क्रिकेट अन्तरगत आज (शनिबार) हुने नेपाल र घरेलु टोली जापानबीचको खेल वर्षाले रद्द भएको छ । निरन्तर वर्षाले १५ ओभरको दोस्रो इनिङ सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो ।

योसंगै दुवै टिमले समान एक–एक अंक बाडेका छन् । अफगानिस्तानविरुद्ध नेपाल विजयी भएकाले ३ अंकसहित नेपाल समूह ‘ए’को विजेता बन्यो । अफगानिस्तान समूह उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो । अफगानिस्तानले जापानलाई पहिलो खेलमा हराएको थियो । जापानको एक अंक मात्रै रहदै पुछारमा रह्यो । एउटा समूहबाट दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

आज वर्षाले प्रभावित बनेको खेल १५ ओभरमा घटाइएको थियो । सोही अनुरुप टस हारेर नेपाल पहिलो ब्याटिङ गरेको थियो । सुन्दीप जोरा र लोकेश बमको बिष्फोटक पारीमा जापानलाई १५० रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको थियो । निर्धारित १५ ओभरमा मात्र ४ विकेट गुमाउँदै नेपालले १४९ रन बनायो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै लोकेश बमले करिअरकै पहिलो अविजित अर्धशतक समेत बनाए । २२ बल खेलेका बमले ६ छक्का र एक चौका प्रहार गरे । सुन्दीप जोराले ३२ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे । आशिफ शेख २१ रनमा आउट भए भने कुशल भुर्तेल ४, कुशल मल्ल र गुल्शन झा समान २–२ रनमा आउट भए ।

- ADVERTISEMENT -

Advertisement

जापनका लागि रेओ साकुरानो–थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42