चितवन / इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ः२२ बजे पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभीरमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा८५प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि सडकमाथिबाट ढुङ्गा खसेको थियो ।
ढुङ्गाले लागेर मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४ः४९ बजे मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

















































