काठमाडौं / श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ ।
बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका उनलाई म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।
त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ । अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए ।
मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय हुँदा उनी मन्त्रालयको सचिव थिए ।
- ADVERTISEMENT -

अर्याल २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाशमा गएका थिए ।

















































