२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

पाँच महिनामा १ सय ५८ दुर्घटना, ४० जनाले ज्यान गुमाए

प्रकाशित मिति : २०७७ मंसिर २७ गते

–सुरक्षा न्यौपाने
चितवन । चितवनमा मोटरसाइकल दुर्घटना अत्यधिक पाइएको छ । चालू आर्थिक वर्षको ५ महिनामा भएका १ सय ५८ दुर्घटना परी ४० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रमुख भट्टका अनुसार उक्त दुर्घटनामा १ सय ४० सामान्य घाइते भएका छन् भने २३ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्यांकले जनाएको छ ।
गत आर्थिक वर्षमा २ सय ६१ सवारी दुर्घटनाबाट १ सय ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १ सय ६५ गम्भीर घाइते भएका थिए भने ३ सय २१ सामान्य घाइते भएका थिए । गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेको छ भने ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको उनले बताए ।
सवारीसाधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेको उनको भनाइ छ । प्रहरीले टोलटोलमा ट्राफिक प्रहरी भन्ने अभियानका साथ जनचेतनामुलुक कार्यक्रम चलाइएको, दुर्घटना न्यूनीकरणको लागि विशेष ट्राफिक चेकजाँच अन्तरगत तीब्रगति मादक पदार्थ सेवन, रुढ प्रमिट लगायतका चेकजाँच गर्ने गरेको उनले भने ।
नारायणगढ–मुग्लिन सडकमा ब्रेकरका कारण दुर्घटनामा कमी आए पनि बजारी क्षेत्रमा ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको छ । प्रहरीले ट्राफिक जनचेतनामूलक कार्यक्रम, सवारी मेकानिकल परीक्षण, चालकको स्वास्थ्य परीक्षण, ठाउँठाउँमा चेकजाँच, साँझमा मादक पदार्थ सेवन परीक्षणजस्ता कार्यक्रम गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51