March 29, 2024

घर भाडा मिनाहको अनुगमन स्थानीय तहबाट गरिने

April 30, 2020

काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भएनभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भएनभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ ।
घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -