March 28, 2024

बिहीबार नै फेरि ३ जना थप, संक्रमित पुग्यो ४५७ जना

May 21, 2020

काठमाडौं । बिहीबार साँझ बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका नरैनापुर–३ निवासी ३२ वर्षीय पुरुष, खजुरा–३ निवासी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
यस्तै कपिलवस्तु सुद्धोन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -