चितवन / चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैँडा लगायतका बन्यजन्तु संरक्षणका लागि आजदेखि बाघ, गैँडा संरक्षण पाठशाला सुरु भएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा भरतपुर १५ गंगानगरमा कार्यक्रम गर्दै पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले जानकारी दिनुभयो ।
मध्यवर्ती क्षेत्रमा बसोवास हुने र वन्यजन्तुहरुको आनीवानी थाहा नहुँदा धेरै घटना भएपछि यो अभियान थालिएको घिमिरेले बताउनुभयो । पाठशाला बारे घिमिरेले भन्नुभयो,“जनस्तरबाट यो अभियानको सुरु भएको छ । वन्यजन्तुको आनीवानीवारे विषयविज्ञहरुले तालिम तथा शिक्षा दिने हुँदा मानव वन्यजन्तुवीचको द्वन्द्व पनि कम हुने र मानविय क्षतीलाई पनि न्यूनिकरण गर्न सहयोग मिल्नेछ ।”
आज भरतपुर १३ गंगानगरमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु तथा विपन्न वर्गहरुलाई लक्षित गरी एक दिने पाठशाला सम्पन्न भएको छ । अव विभिन्न स्थानमा बाँकी ३१ वटा पाठशाला सुरु हुने घिमिरले जानकारी दिनुभयो ।
आजको कार्यक्रममा प्रमुख अतिथि एवम विषयविज्ञ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ गैँडाको स्वाभाव तथा जंगल जाँदा ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराउनुभएको थियो । सन् २००७ देखि २०१६ सम्म आफूले चितवनमा रहेका बाघहरुको आनीवानीवारे अध्ययन गरेको भन्दै बाघ मानिसको आहारा नभएको र केही घटना दुर्घटना भएको बताउनुभयो ।
उहाँले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा शिक्षा सँगै किताव समेत उपलब्ध गराउनुभएको थियो । जंगली जनावरका कारणनै जंगल संरक्षण भएको उहाँको भनाई थियो । विश्वका १३ देशमा मात्रै बाघ पाइने र नेपालको चितवन पनि बाघका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।
विश्वभर करिव ४ हजार बाघमध्ये नेपालमा २३५ वटा बाघ रहेको उहाँले बताउनुभयो । कहिलेकाही हुने दुर्घटनाकै कारण बाघलाई नाश गर्नुपर्छ भन्ने नकारात्मक धारणाको विकास हुन नदिन उहाँको आग्रह थियो । मानवले थप सेचतना अपनाउने र वन्यजन्तुको केही आनीवानी थाहा पाएमात्रै पनि धेरै दुर्घटनाबाट बच्न सकिने उहाँको भनाई थियो ।
बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहरले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिनुभयो । साथै पाठशालाले स्थानीयलाई संरक्षणमा लाग्न साथै वन्यजन्तुबाट जोगिन सहयोग पुगेको बताउनुभयो ।
स्थानीयहरुको सहभागीता रहेको कार्यक्रम सुर्य घिमिरले संचालन गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा बाघ, गैँडा संरक्षण गर्न पाठशाला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













