असई मृत फेला

0
19

काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् ।
आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।