काठमाडौं / महिला राष्ट्रिय लिगको उपाधि एपिएफले उचालेको छ । दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ विजयी भएको हो । यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत जितको यात्रा एपिएफले पूरा गरेको छ ।
लिगको खेलमा सरु लिम्बूको दुई र अनिता केसीको एक गोलको मद्दतले एपिएफले सहज जित हासिल गरेको हो । एपिएफका सरुले खेलको ४५औँ मिनेटमा गरिएको १ गोलले अघि बढ्न हौसला प्रदान गरेको थियो ।
खेलमा अनिताले मिलाइदिएको पासमा सरुले गोल गरेकी थिइन् । एपिएफले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । एपिएफका अनिताले गरेको खेलको ८६औँ मिनेटमा २–० को अग्रता दिलाइन् । अञ्जली योञ्जनले क्रस गरेको बललाई आकर्षक हेडिङमार्फत अनिताले टोलीलाई अघि बढाएकी थिइन् ।
खेलको अतिरिक्त समयमा आर्मीकी गोलरक्षक अञ्जना रानामगरले क्लियर गर्न पन्च गरेको बललाई गोलमा परिणत गर्दै सरुले टोलीको जित ३–० ले पक्का गरेकी थिइन् ।
एपिएफले प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने क्रममा विपक्षीविरुद्ध सर्वाधिक ७७ गोल पनि ग¥यो । एपिएफले लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२–० को सर्वाधिक ठूलो अन्तरको जित निकालेको थियो । त्यसको तुलनामा विपक्षीसँग उसले मात्रै एक गोल बेहो¥यो । यो लिगमा एपिएफले नेपाल पुलिससँग मात्रै गोल बेहोरेको हो । पुलिसकी अमृता जैसी यो लिगमा एपिएफविरुद्ध गोल गर्ने एक्ली खेलाडी बनिन् ।
- ADVERTISEMENT -

एपिएफले चुम्यो महिला राष्ट्रिय लिगको उपाधि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













