March 29, 2024

चितवनको भतेरी जंगलमा सडक दुर्घटना, नौजना घाइते

March 2, 2021

चितवन / भरतपुर महानगरपालिका वडा नं. १ भतेरी जंगलमा सडक दुर्घटना भएको छ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नं.को माईक्रोले विपरीत दिशाबाट जाँदै गरेको बा२च २८२४ नं.को कार, ना१७प ४०१२ नं.को मोटरसाइकल र ना२७प ७०८९ नं.को मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार घाइतेहरु हुनेहरुमा मोटरसाइकल चालक भरतपुर २५ बस्ने वर्ष २५ को सुमन गुरुङ, माडी नगरपालिका ८ बस्ने वर्ष ४२ को धु्रव पौडेल, कार चालकका धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. १ बस्ने एकै परिवारका वर्ष ३६ को हरिप्रसाद तिवारी र उनकी श्रीमती वर्ष २८ की सिर्जना तिवारी र छोरा वर्ष ९ का हर्षित तिवारी, छोरी वर्ष ३ की हार्षिका तिवारी रहेका छन् । उनीहरु सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तैगरी नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अर्का मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. २९ वर्ष ५२ का सुकमान तामाङ, माइक्रोसमा सवार पर्सा संखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ का वर्ष २३ का सन्दिपकुमार साह, बारा महागढीमाई नगरपालिका ११ बस्ने वर्ष ३७ का मनोज कुमार साह सोनार रहेको प्रवक्ता थापाले बताए । उनीहरु सबैको अवस्था रहेको सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले ठक्कर दिने माईक्रो, माईक्रो चालक, कार र २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -