२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

१५ मिनेटमै खरानी भए दोभान बजार

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते

ताप्लेजुङ / मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो…आगो लाग्यो… ।’
सदरमुकाम फुङलिङदेखि १७ किमि पश्चिमको यो बजारमा उनी कराएसँगै आसपास पसलका ५/७ जना भेला हुँदा आगोले ठूलै रूप लिइसकेको थियो । बिहान ट्युसन पठाएका छोरा र छोरी मेवाखोलाको पुल तरेर पारिबाट फर्कंदै थिए । सविन उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याउन दौडिए । अरू अभिभावक पनि आफ्ना नानीहरूलाई आगोबाट जोगाउनतिर लागे । आगो देख्नु र बच्चाहरूलाई जोगाउन दौडनुको अन्तर ५/७ मिनेटको हुँदो हो । छोराछोरीलाई मेवाखोलापारि पुर्‍याएर फर्कंदा सविनकै एउटा पसलसमेत जल्न थालिसकेको थियो ।
दुईवटा पसल गर्ने उनी श्रीमतीले रुँगेको पसलतर्फ हानिए र त्यसलाई जोगाउने प्रयासमा लागे । त्यतिबेला बजारभरि हल्लाखल्ला भइसकेको थियो । सबै आफ्ना नानी र पसल जोगाउने प्रयासमा लागे । बजारका सबै मान्छेले थाहा पाएको १०/१५ मिनेटमै १५ वटाभन्दा बढी घरलाई आगोले टिपिसकेको थियो । नियन्त्रण चुनौतीपूर्ण बन्दै गयो ।
प्रत्येक वर्ष पुस १ देखि ५ सम्म लाग्ने पुसे मेला र अरू बेला पनि व्यापार गर्ने उद्देश्यले बनाउन थालिएका बजारका अधिकांश घर ढुंगा, माटो, काठ र टिनका थिए । बजारमा गाडी नचल्ने भएकाले बीचमा सानो बाटो छ । दायाँ–बायाँ जोडिएका प्रत्येक घरमा पसल थिए, ती सबै जलेर खरानी भए । बजारको माथिपट्टि भने मोटर बाटो छ ।
सदरमुकाम फुङलिङबाट मेरिङदेन, मिक्वाखोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा यही बाटो भएर यातायातका साधन चल्छन् । तेह्रथुमको वसन्तपुर हुँदै धनकुटा, धरान पनि यही सडकले जोडेको छ । तमोर नदी तर्ने एकमात्र पुलसमेत छेउमै भएकाले यी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र यही बजार थियो । सविनले दुखेसो पोखे, ‘अस्तिको दिनमात्र ६५ लाखको सामान हालेको थिएँ, सबै जलेर खरानी भयो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61