April 19, 2024

विश्वभर संक्रमित ७८ लाख बढी, निको ४१ लाख नजिक, भारत चौथो स्थानमा

June 14, 2020

भरतपुर । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर ७८ लाख ६५ हजार ७ सय ९४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेमा ४ लाख ३२ हजार ३ सय ९४ जना रहेका छन् ।
डब्लुएचओका अनुसार कोरोनाबाट निको भई घर फर्कनेमा ४० लाख ४० हजार ७ सय ७८ जना रहेका छन् ।
यसैबीच अमेरिकामा संक्रमित २१ लाख ४२ हजार २ सय २४ जना छन् भने ८ लाख ५४ हजार १ सय ६ जना निको भएका छन् । मृत्यु हुनेमा १ लाख १७ हजार ५ सय २७ जना रहेका छन् ।
त्यसैगरी ब्राजिलमा ८ लाख ५० हजार ७ सय ९६ जना संक्रमित पुष्टि भएको छ भने ४ लाख ३७ हजार ५ सय १२ जना निको भई घर फर्केका छन् । संक्रमितहरु मध्ये ४२ हजार ७ सय ९१ जनाले ज्यान गुमाएका छन् ।
रुसमा ५ लाख २० हजार १ सय २९ जना संक्रमित रहेको छ भने २ लाख ७४ हजार ६ सय ४१ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २९ जना रहेका छन् ।
यसैगरी भारतमा ३ लाख २१ हजार ६ सय २६ जना कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ भने १ लाख ६२ हजार ३ सय ७९ जना निको भएका छन् । ज्यान गुमाउने संक्रमितहरु ९ हजार १ सय ९९ जना रहेका छन् ।
चिनमा ८३ हजार १ सय ३२ जना कोरोना संक्रमित छन् भने ७८ हजार ३ सय ६९ जना सन्चो भई घर फर्केका छन् । कोरोनाबाट ज्यान गुमाउनेमा ४ हजार ६ सय ३४ जना रहेका छन् ।

- ADVERTISEMENT -