मकवानपुर / मकवानपुरमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेलगत्तै जिल्लामा उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपमा वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।
निषेधाज्ञाको अवधिमा मात्र चामल, दाल, तेल जस्ता खाद्यान्न सामग्रीको मुल्य २० देखि ४० प्रतिशतसम्म वृद्धि भएको छ ।
हेटौंडामा यसअघि १ हजार ८ सय रुपैयाँमा विक्री हुँदै आएको खाने तेलको मुल्यमा ३३.३३ प्रतिशतसम्म वृद्धि भई २ हजार ४ सय रुपैयाँमा विक्री भइरहेको छ भने चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म वृद्धि भएको छ ।
करिब तीन महिनाको लागि पुग्ने गरी खाद्यान्न सामग्री मौज्दात राखेर व्यवसायीहरुले अस्वाभाविक रुपमा मूल्यवृद्धि गर्दासमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरको नजर त्यता पर्न सकेको छैन ।
अन्य जिल्लाबाट आयात हुने खाद्यान्न सामग्री ढुवानीमा कुनै अवरोध नभएको प्रशासन आफै स्वीकार गर्छ । तर, खाद्यान्न सामग्रीको मूल्यवृद्धिबारे प्रशासन नै बेखबरजस्तै देखिन्छ ।
प्रशासनले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा बजार अनुगमन समिति बनाइएको छ । सो समितिले दैनिक रुपमा बजार अनुगमन गर्दै आएको छ ।
अनुगमन टोलीले बजारका थोक तथा खुद्रा विक्रेताको पसल–पसलमा पुगेर अनुगमन गर्ने गरे पनि व्यवसायीको गोदामसम्म उनीहरुको आँखा नपुगेको उपभोक्ताहरु बताउँछन् ।
अनुगमन टोलीलाई व्यवसायीले आफ्ना स–साना पसल देखाएर टार्ने गरेका छन्, तर ती व्यवसायीहरुको गोदामको विषयमा अनुगमन समितिलाई सूचनासमेत हुँदैन ।
अनुगमन समितिले खरिद तथा विक्री बिलसमेत नहेरी अनुगमन गरेको उपभोक्तावादीहरु बताउँछन् ।
त्यस्तै, प्रशासनले अनुमति विपरित व्यवसाय सञ्चालन गर्ने दुई वटा पसललाई सिल गरेको छ । प्रशासनले एक साता यता अनुमति विपरीत सञ्चालन भएको एउटा औषधि पसल र खाद्यान्न पसललाई सिल गरेको हो ।
सोही अवधिमा मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने तीन वटा पसललाई जरिवाना समेत गरिएको छ ।
४२ वटा पसलको अनुगमन गर्दा मापदण्ड पूरा नगरेका, महामारीको समयमा पनि मूल्यवृद्धि गर्नेलगायतका त्रुटि गरेको भन्दै ३ वटा पसललाई कूल ७० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
- ADVERTISEMENT -

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक वृद्धि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20












