गण्डकी प्रदेशमा थप २०, संक्रमित पुग्यो ५४० जना

0
88

स्याङ्जा । गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमण पुष्टि भएको छ । आज सोमबार स्याङ्जाका १२ जना र नवलपरासीका पुर्वका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४० पुगेको छ ।
संक्रमण पुष्टि हनेहरुमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ८ जना पुरुष, २ जना महिला, कालिगण्डकी गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी नवलपरासी पुर्व बौदिकाली गाउँपालिकाका ८ जना पुरुष रहेका प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले बिहान ६ः३० प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।