March 19, 2024

घाँटीमा पासो लागेर एक बालिकाको मृत्यु

May 14, 2021
File photo.

चितवन / रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । उक्त बालिकाको खेल्ने क्रममा घाँटीमा पासो लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रनाउ रानाका अनुसार पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालिकाको दुई जना बालबालिकासँग खेल्ने झ्यालमा बाँधिएको डोरीले घाँटीमा पासो लागि मृत्यु भएको हो । ती बालिकाको घाँटीमा पासो लागेर दुर्घटना भएको देखिए पनि घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
घाइते भएकी बालिकालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको भएपनि उनको मृत्यु भएको प्रहरीको भनाई छ । ती बालिकाको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -