२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारत जानेको भीड

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते
File Photo.

काठमाडौं / कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।
भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए । स्वदेश फर्केका कामदारसङ्गै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल, भारत दुबै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तैपनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरु बताउँछन् ।
गोदावरी नगरपालिका ७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकैबीच कामको खोजीमा भारत जान लागेको बताए । उनले लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्नू, उनले भने । बाध्यताले कोरोना जोखिमकैबीच कामको खोजीमा जादैछु ।
कोरोना सङ्क्रमणका कारण भारतको कैयौं सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएका कारण फर्किएका थिए, भने कतिपय कोरोनाको त्रासले ।
फर्केको केहि समयपछि फेरि उतै जान थालेका छ्न । पहिलो लहरको कोरोना सङ्क्रमणको बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकैबीच कामको खोजीमा भारततिरै गएका थिए ।
आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफू जस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको जोशीपुर गाउँपालिकाका पदमराज अवस्थीले बताए । यहाँ रोजगारी नपाएकाले गरिबीका कारण भारतमा गएर गुजारा गर्दै आएको उनको भनाइ थियो ।
दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । वैशाखमा सङ्क्रमण र मृत्युदर निकै उच्च भएको बेला गौरीफन्टा नाकाबाट तीन हजार ९९३ जना भारततिर गएका छन ।
यसैगरी, जेठको हालसम्म पाँच हजार ६८९ जना नेपाली भारततर्फ गएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09