चितवन । सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ ।
काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइएको हो । क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो ।
सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए । उहाँले आफ्नै होटलमा भारतको दिल्लीबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुआत गरेको बताए । भट्टराईका अनुसार निजी गाडीमा उनीहरु दिल्लीबाट आएका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाइएको हो ।
सौराहाका २६ वटा होटललाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइनेछ । सङ्घले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो । सरकारले तोकेको शुल्कअनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् ।
सङ्घका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तरअनुसार रु दुई हजारदेखि पाँच हजारसम्म दैनिक खर्च लाग्नेछ । सो रकम बराबरमा चियाकफी, नास्ता, बिहान–बेलुका खानाको व्यवस्था हुने उहाँले बताए ।
दिनमा एक छाक मासुसहित खाना र एक छाक सादा खाना हुनेछ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन् । लकडाउनसँगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन् ।
- ADVERTISEMENT -

क्वारेन्टिनका रुपमा सञ्चालन हुँदै सौराहाका होटलहरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













