२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको १४औं महाधिवेशन – विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

प्रकाशित मिति : २०७८ असार १२ गते

काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।
निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । यस्तै, सिंह गणेशमान सिंहका पुत्र हुन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा तीन नेताबीच छलफल भएको थियो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचनलगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भए पनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।
यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.74
153.34
European Euro
1
174.00
174.68
UK Pound Sterling
1
203.08
203.87
Swiss Franc
1
186.33
187.06
Australian Dollar
1
106.03
106.45
Canadian Dollar
1
108.29
108.72
Singapore Dollar
1
118.21
118.67
Japanese Yen
10
9.34
9.37
Chinese Yuan
1
22.58
22.66
Saudi Arabian Riyal
1
40.69
40.84
Qatari Riyal
1
41.90
42.06
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.59
41.75
Malaysian Ringgit
1
37.35
37.50
South Korean Won
100
10.53
10.57
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
23.28
23.37
Hong Kong Dollar
1
19.48
19.55
Kuwaity Dinar
1
496.15
498.10
Bahrain Dinar
1
405.07
406.66
Omani Rial
1
396.71
398.27