काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।
त्यसका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्नेछ ।
देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धन आबद्ध पाँच दलले स्थिति अनुकूल रहेको विश्लेषण गर्दै विश्वासको मत लिन सुझाएका हुन् । देउवा प्रधानमन्त्री भएयता सत्ता गठबन्धनको पूर्ण बैठक एकपटक बसेको छ भने गठबन्धन आबद्ध नेताहरूले छुट्टाछुट्टै पनि छलफल गर्दै आइरहेका छन् ।
देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन्।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत लिने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13













