२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

हवाई उडानले जोडिए देशका चार पर्यटकीय गन्तव्य

प्रकाशित मिति : २०७८ श्रावण ३२ गते

चितवन / देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनि हवाई उडान मार्फत जोडीएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरे संगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवा मार्फत जोडीएका हुन । भरतपुर–भैरहवा उडान सुरु भए संगै चार गन्तव्य जोडीएका हुन । बुद्ध एयरले आईतबार बाट भरतपुर–भैरहवा उडान थालेको हो ।
बुद्ध एयरलाईन्स भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौं दैनिक ९ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उहाँले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो “पर्यटकीय गन्तव्य संगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।”यस संगै नारायणगढ–वुटवल सडक बिस्तार भैरहेकाले यात्रुलाई सहज भएको उहाँको भनाई छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउनुहुन्छ । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडान मार्फत जोडीदैं गर्दा पर्यटन प्रबर्धनमा सहयोग पुग्ने उहाँको भनाई छ । लुम्बिनिमा ठूलो संख्यामा पर्यटक आएर त्यहीबाट भारत तर्फ फर्कने गरेको भन्दै उहाँले ती पर्यटकलाई चितवन सहितका गन्तव्यहरुमा ल्याउन उडान महत्वपूर्ण हुने घिमिरे बताउनुहुन्छ । सडकको यात्रा गर्नु नपरे पछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताउनुभयो ।
पर्यटन बिद डा. बिश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनेकाले त्यहाँ संगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो । बिभिन्न देश संग उडानको सम्झौता भइसकेको भन्दै उहाँले यहाँका लागि निकट अन्तराष्ट्रिय बिमानस्थल भैरहवा हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमा एक अर्ब भन्दा वढि बौदिष्ट भएको भन्दै उहाँले उनीहरुको पहिलो गन्तव्य लुम्बिनि रहेको जानकारी दिनुभयो । जसका कारण त्यहाँ संगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाई छ ।
चितवन जंगल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनहरुमा जंगल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिंगे गैंडा, पाटेबाघ, घडीयाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61