२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

गंगानगरमा ‘गंगा’ ब्रान्डका दूध र दूधजन्य परिकारको शुभारम्भ

प्रकाशित मिति : २०७८ भाद्र १५ गते

चितवन । चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुध र दुधका परिकार विक्रि गर्ने विक्रि केन्द्र संचालनमा ल्याएको छ । दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको सहकारीले सोमवार श्रीकृष्ण जन्माष्टमीको अवसरपारी भरतपुर २२, धनौजीमा केन्द्रीय कार्यालय रुपमा विक्रि केन्द्र समुद्घाटन गरेको हो ।
विक्रि केन्द्रको उद्धघाटनै गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मुल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुदा आफ्नो उत्पादनको मुल्य आफैले तोकेर आफैले विक्रि गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले दूधको बजारीकरण र यन्त्री करणका लागी प्रदेश बाट समेत भुमिका खेलने बताउनु भयो । यस्तै भरतपुर महानगरपालिका २२ का वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरता संगै पैसा बाहिर जान जोगाउने बताउनु भयो ।
गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रि गर्दा किसानको लागत पनि उठ्न गाह्रो भएकाले किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्ष सहित उद्योगका रुपमा सहकारीलाई विकास गरेको बताउँनु हुन्छ । यो सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक छ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।
गतवर्ष देखि परिक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले ३ महिना अघि गंगा ब्रान्डले खाद्यान्न अनुग्या पत्र समेत पाएको छ । सहकारीले यो पहिलो विक्रि केन्द्र भएपनि यो सहित सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्ने लक्ष्य राखेको छ । विक्रि केन्द्र बाट पहिलो चरणमा दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न मिठाईका उत्पादन र विक्रि सुरु भएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए ।
उहाँका अनुसार सहकारीले क्रमश उत्पादन र परिकार बढाउँदै लैजाने छ । प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधको , तत्कालै परिकार बन्ने हुदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दावी गरे । सहकारीले करिब २ करोडको लगानीमा उद्योग सहित सहकारीकै भवनमा विक्रि केन्द्रको स्थापना गरेको हो । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले पाँच सयभन्दा बढी किसान आबद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22