२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

प्रेस चौतारीद्वारा देवघाटका ४० बृद्धबृद्धालाई खुवाए दर

प्रकाशित मिति : २०७८ भाद्र २४ गते

चितवन / प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित ४० जना वृद्धवृद्धालाई दर खुवाएका छन् । हरितालिका तीजको अवसर पारेर प्रेस चौतारीले परिवारबाट अपहेलित भएर आश्रम रहेका ती वृद्धवृद्धालाई बुधबार दर खुवाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटका वृद्धवृद्धालाई छोराछोरी जस्तैं बनेर सम्झिएर दर खुवाउने कार्यक्रम गरेकोमा आभार व्यक्त गरे । देवघाटको सरकारी आश्रमलाई वार्षिक नियमित पूँजीगत बजेटका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ थियो ।

प्रेस चौतारी नेपाल चितवनको दर खाने कार्यक्रममा सहभागीहरु ।
प्रेस चौतारी नेपाल चितवनको दर खाने कार्यक्रममा सहभागीहरु ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले सामाजिक उत्तरदायित्व र सेवा भावले ओतप्रोत भएर आश्रममा रहेका बुबा आमालाई चाडपर्वको बेलामा सम्झिएर दर खुवाउने कार्यक्रम गरेको खुसी व्यक्त गरे ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा आश्रमका अध्यक्ष धिरनबाबु घिमिरेले आश्रममा आश्रित बुवाआमालाई बिहान बेलुका खाना खुवाउन दाताकै भरपर्नुपर्ने दुःखद अवस्था भएको बताउँदै यस रचात्मक र सिर्जनशील कामका लागि धन्यवाद दिए ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सह–संयोजक शिशिर सिम्खडाले चाडपर्वका बेलामा आश्रमका बुवाआमालाई बितेको बेलाको याद बढी आउने भएकोले छोराछोरी बनेर सम्झना दिलाउन दर खुवाउने कार्यक्रम लिएर आश्रम आएको बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको थियो ।
कालिका नगरपालिका वडा नं. ६ स्थाई घर भई हाल बालाजु, काठमाण्डौं बस्ने विकास बन्जरा र सविना बन्जराले छोरी साधना बञ्जराको गत भदौ २१ गते परेको प्रथम जन्मोत्सवको अवसरमा सो दर खुवाउने कार्यक्रममा आर्थिक सहयोग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85